अन्ना कोइरालाले जितिन् ‘मिस नेपाल नर्थ अमेरिका २०२४’ को उपाधि

काठमाडौँ –  अन्ना कोइराला मिस नेपाल नर्थ अमेरिका २०२४ को उपाधि जित्न सफल बनेकी छिन्  ।  

न्यूयोर्क शहरमा शनिवार आयोजित ग्रान्ड फिनाले १७ जना प्रतियोगीहरुलाई पछि पार्दै कोईराला मिस नेपाल नर्थ अमेरिका २०२४ को ताज अन्नाले पहिरन सफल भएकी हुन् । प्रतियोगितामा रुवी पोखरेल प्रथम उपविजेता  र आदिश्री रेग्मी द्वितिय उपविजेता भएका छन्। 

 उक्त प्रतियोगिताको लागि क्यानाडा र अमेरिकाका विभिन्न राज्यहरूबाट कूल १८ जना प्रतियोगीहरूले सहभागिता जनाएका थिए ।

प्रतियोगिताको आयोजना ड्रिम्स युनिभर्सल एलएलसी न्युयोर्कले गरेको हो भने मिस नेपाल नर्थ अमेरिकाका आयोजक तथा प्रमुख शैलेश श्रेष्ठ हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?