अब फोन नम्बर बिना नै चल्नेछ ह्वाट्सएप !

काठमाडौँ– अब फोन नम्बर बिना नै ह्वाट्सएप चलाउने फिचर आउने भएको छ ।

लामो समयदेखि चर्चामा रहेको ह्वाट्सएपको युजरनेम फिचरको बेटा भर्सनको विवरण बाहिरिएको हो ।

ह्वाट्सएपको नयाँ फिचरबारे जानकारी दिने प्लेटफर्म वाबेटा इन्फोका अनुसार ह्वाट्सएपको आईओएस २४.३.१०.७२ मा युजरनेम फिचर उपलब्ध हुन लागेको छ ।

यो भनेको फोन नम्बरबिना नै प्रयोगकर्तालाई सुरक्षित र गोप्य रूपमा अन्य प्रयोगकर्तासँग जोडिन सघाउने सुविधा हो । 

अहिले पनि यो फिचर परीक्षणकै क्रममा छ । यो फिचर कहिले सार्वजनिक हुन्छ भन्नेबारे कुनै जानकारी बाहिर आएको छैन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?