आजदेखि शुरु हुँदै एनपीएलको पहिलो स‍ंस्करण

काठमाडौँ– सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करण आजबाट शुरु हुँदैछ।

त्रिभुवन विश्वविद्यालय, किर्तिपुरस्थित खेल मैदानमा २० दिन चल्ने प्रतियोगिताको आज औपचारिक उद्घाटन हुनेछ ।

एनपीएलको पहिलो उद्घाटन खेल विराटनगर र जनकपुरका बीचमा हुनेछ । जनकपुरका तर्फबाट अनिल शाह कप्तानीमा रहनेछन भने विराटनगर किंग्सको नेतृत्व सन्दीप लामिछानेले गर्नेछन् ।

आजबाट पुस ६ गतेसम्म चल्ने प्रतियोगितामा ८ टोली प्रतिस्पर्धा उत्रदैँछन् । जसअनुसार विराटनगर किंग्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स बिच प्रतिस्पर्धा हुदैँछ ।

यस पटकको लिगमा १६ देशका कम्तीमा ४० खेलाडी एनपीएल खेल्न नेपाल आउँने भए पछि यसको चर्चा परिचर्चा अझै बढी हुन पुगेको छ । जसअनुसार भारतीय टोलीका चर्चित खेलाडी शिखर धवनदेखि अस्ट्रेलियाका बेन कटिङसम्म रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?