आजबाट हट्दै  टिकटकको प्रतिबन्ध !

काठमाडौँ –  भिडियोमा आधारित सामाजिक सञ्जाल टिकटकविरुद्धको प्रतिबन्ध नेपालमा खुल्ने भएको छ । 

जसका लागि सूचना तथा सञ्चार मन्त्रालयले  प्रतिबन्ध फुकुवा गर्ने निर्णयको प्रस्ताव मन्त्रीपरिषद् सचिवालयमा पठाएको छ। बिहीबारको मन्त्रिपरिषद्को बैठकले यससम्बन्धी निर्णय गर्ने सम्भावना छ । 

यसअघि सरकारको सर्त नमानेको र सामाजिक सद्भावमा असर परेको भन्दै पुष्पकमल दाहाल नेतृत्वको सरकारले नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

अब भने टिकटकले नेपालमा सम्पर्क कार्यालय स्थापना गर्ने र अनुसन्धानमा सघाउने प्रतिबद्धता जनाएपछि प्रतिबन्ध फुकुवा गर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?