उच्च अकंले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ३५ सय रुपैयाँले घटेको हो ।

यसअघि बुधबार १ लाख ८५ हजार ३ सय रुपैयाँमा कारोवार भएको सुन आज १ लाख ८१ हजार ८०० रुपैयाँमा कारोवार भैइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा ३५ रुपैयाँले घटेर चाँदी १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?