एआईको विकास मानव जातीकै लागि घातक हुनसक्ने जेफ्री हिन्टनको चिन्ता

काठमाडौँ– सूचना प्रविधि क्षेत्रका प्रमुख कम्पनी मानिने माइक्रोसफ्ट, गुगल, फेसबुक, एप्पलजस्ता कम्पनीहरु आर्टिफिसियल इन्टेलिजेन्सको माध्यमबाट आश्चर्यजनक छलाङ मार्न सफल भएका छन् । 

योसँगै ड्राइभरबिनाको कार ड्राइभिङदेखि लिएर देखि लिएर पाइलटबिनै जहाज उड्ने प्रविधिको समेत विकास  भइसकेको छ । सूचना प्रविधि र कम्प्युटर विज्ञानको पछिल्लो चमत्कारका रूपमा स्थापित कृत्रिम बौद्धिकता अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का कारण सम्भव भएको मानिन्छन् ।

योसँगै एआईको विकास मानव जातीकै लागि घातक हुनसक्नेमा चिन्ता समेत व्यक्त हुन थालेको छ । एआईका गडफादर नै मानिने डाक्टर जेफ्री हिन्टन एआईको बारेमा आफ्नो चिन्ता व्यक्त गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

न्युयोर्क टाइम्ससँगको अन्तर्वातामा हिन्टनले एआई बारे चिन्ता व्यक्त गर्दै सरकारले आधारभूत आय निर्धारण गर्नुपर्ने बताएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । 

रिपोर्टका अनुसार हिन्टनले आगामी ५ देखि २० वर्ष भित्रमा मानिसले एआईले सिर्जना गरेको विभिन्न समस्याहरू भोग्नुपर्ने आशङ्का व्यक्त गरेका छन् । 

एआई जैविक बुद्धिमत्ताभन्दा धेरै उत्कृष्ट बौद्धिकतामा विकास भइरहेको बताउँदै हिन्टनले यो मानिसका लागि ‘विलुप्त हुने खतरा’ निम्त्याउन सक्नेमा सचेत गराएका छन् । यसअघि पनि हिन्टनले एआई च्याटबटको खतरा पनि डरलाग्दो रहेको बताएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?