एनपीएल खेल्न शिखर धवन आए काठमाडौँ

काठमाडौँ- भारतीय चर्चित क्रिकेटर शिखर धवन नेपाल आइपुगेका छन् ।

नेपाल प्रिमियर लिग एनपीएलमा कर्णाली याक्सको टिमबाट खेल्न उनी शुक्रबार साँझ काठमाडौं आइपुगेका हुन् । उनलाई कर्णाली याक्स टिमका अफिसियलहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

कर्णालीका अन्य विदेशी खेलाडीमा हङकङका बाबर हायात, वेस्ट इन्डिजका चाडविक वाल्टन र ओमानका जीशान मकसुद छन् । उनीहरू तीनैजना नेपाल आइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?