ओजस थिएटरमा नाटक ‘शत्रु’ मञ्चन हुने

काठमाडौँ– रातोपुलस्थित ओजस थिएटरमा नाटक ‘शत्रु’ मञ्चन हुने भएको छ ।

सिम्रिक आर्ट्सकाे प्रस्तुतिमा साउन २१ गतेदेखि ३० गतेसम्म नाटक मञ्चनमा आउने थिएटरले जनाएको छ । विश्वेश्वरप्रसाद कोइरालाको लेखन रहेको नाटकको परिकल्पना तथा निर्देशन विशाल देवकोटाले गरेका छन् । नाटकको सहलेखनमा भने उमेश दुलाल(अर्जुन) छन् ।

नाटकमा कलाकारहरु वीरेन्द्र सिंह कुशवाहा, अजय बान्तवा राई, राजिव चौधरी, सुस्मिता भण्डारी, सलिना क्षेत्री, नबिन काफ्ले र भुवन लोहारको अभिनय रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?