ओपनएआईले टेक्स्टलाई भिडियोमा परिवर्तन गर्ने सफ्टवेयर ल्याउने

काठमाडौं- अमेरिकी प्रविधि कम्पनी ओपनएआईले टेक्स्ट प्रम्टमा आधारित भिडियो उत्पादन गर्ने परियोजना सुरु गरेको छ ।

सोरा नाम दिइएको उक्त सफ्टवेयर हाल रेड टिमिङका लागि उपलब्ध छ । यसले मिनेट–लामो भिडियोहरू उत्पन्न गर्न सक्ने सफ्टवेयरमा काम गरिरहेको कम्पनीले बताएको छ ।

यसले भ्युजल आर्टिस्ट, डिजाइनर र फिल्म निर्मातालाई मोडलमा प्रतिक्रिया प्राप्त गर्नका लागि प्रयोग गरिने जनाइएको छ ।

टेक्स्ट प्रम्प्टबाट भिडियोहरू उत्पन्न गर्नु बाहेक, सोराले स्थिर चित्रको पनि एनिमेसन गर्न सक्ने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?