कतारका राजाको स्वागतमा भोलि सार्वजनिक बिदा

काठमाडौँ – सरकारले कतारका राजाको स्वागतमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी राजकीय भ्रमणको क्रममा भोलि नेपाल आउँदै छन् ।

सो अवसरमा बिदा दिने निर्णय आज बसेको मन्त्रिपरिषद् बैठकले गरेको सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

विदेशी राष्ट्र प्रमुख नेपाल भ्रमणमा आउँदा यसअघि पनि सरकारले सार्वजनिक बिदा दिने गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?