कस्तो रहनेछ आजको मौसम?

काठमाडौँ– हाल देशमा कुनै पनि विशेष मौसम प्रणाली नरहेको मौसम विज्ञान विभागले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मौसम मूख्यतया सफा रहेको छ ।

दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

राती भने कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु तथा एक दुई स्थानमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा क्षणिक र आंशिक असर पर्न सक्ने हुनाले आवश्यक शतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?