कस्तो रहला आजको मौसम ?

काठमाडौँ – अहिले गण्डकी , लुम्बिनी र कर्णाली प्रदेश सहित देशको पहाडी भू–भागमा आंशिक देखि साधरणतया बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार बाँकी भू–भागमा आंशिक बदली देखि मुख्यतया सफा रहको छ भने पहाडी भू–भागका एक–दुई स्थानमा  मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ।

देशमा  पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ भने आज दिउसो कर्णाली प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहने छ।

त्यस्तै गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरूमा र बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। 

उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी तथा  बाँकी तराई भू–भागका थोरै स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?