किन हुन्छ ढाड दुखाइको समस्या ?

ढाड दुख्ने समस्या हामी सबैले जीवनको कुनै न कुनै समयमा भोगिरहेका हुन्छौं । हरेक १० जनामा ८ जनाले आफ्नो जीवनकालमा ढाड दुख्ने समस्या भोग्नु परेको हुन्छ ।

सामान्यतः ढाड दुखाइ उमेर बढ्दै गएपछि देखिन्छ तर अहिलेको अवस्थामा ढाड र कम्मर दुखाइ युवा अवस्थामा देखा परि रहेको छ । 

ढाडको दुखाइ हुनु भनेको मेरुदण्डको हड्डी, नसा च्यापिँदा, त्यहाँको कुरकुरे हड्डी यानिकी डिस्क वा सम्बन्धित मांसपेशीको दुखाइ नै हो । यस्तो दुखाइ छोटो समयको लागि वा लामो समयको लागि पनि हुन सक्छ ।

मेरुदण्डको लामो दुखाइले मानिसको दैनिकीमा प्रभाव पार्ने भएकोले यसले अप्रत्यक्ष रूपमा सामाजिक एवं आर्थिक रूपमा नै प्रभाव पारिरहेको हुन्छ ।

ढाडको दुखाइ धेरै जसो २० देखी ३० वर्षका युवामा देखिने गर्छ । दुखाई सामान्य किसिमको छ भने सामान्य उपचारले नै निको पार्न सकिन्छ ।

ढाड दुख्ने कारणहरू के–के हुन् ?

–उमेर बढ्दै जाँदा मानिसमा ढाडको हड्डी खिइने, हड्डी पातल समस्याले गर्दा । 

–अव्यवस्थित जीवनशैली, खानपिन, बसाइ नमिल्दा ।

–बालबालिका र युवाहरूमा बाङ्गिएको मेरुदण्ड भएकाले ।

–मधुमेह, मोटोपना, तनाव, गर्भवती महिला, स्पाइनको क्यान्सर, किड्नीको इन्फेक्सन आदिका कारण ।

–कामको बढ्दो बोझ ।

–मेरुदण्ड चिप्लिनु ।

–मेरुदण्डको हड्डी सर्नु, हड्डी भाँच्चिनु, जोर्नी खिइएर जानु ।

–हाड कमजोर हुनु ।

–पेटमा हुने समस्या, दिसा–पिसाबमा हुने इन्फेक्सनका कारण पनि ढाड दुख्ने हुन्छ । 

–नशा च्यापिनु । 

–पित्त थैलीको स्टोनले गर्दा ।

कस्ता व्यक्तिमा ढाड दुखाइको समस्या बढी हुनसक्छ ?
–उमेर बढ्दै जाँदा 

–हड्डी कमजोर हुने बेलामा जस्तै ६० नाघेका व्यक्तिमा

–दैनिकी कामले जस्तै एउटै पोजिसनमा बसेर काम गर्ने व्यक्तिमा

–धेरै धूम्रपान मद्यपान गर्ने व्यक्तिलाई

–कम्प्युटरमा बढी समय काम गर्ने, सुतेर पढ्ने, सुतेर काम गर्ने, सुतेर मोबाइल चलाउने, सुतेर टिभी हेर्ने व्यक्तिमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?