‘कुटुमा कुटु’ ले बनायो २० करोड भ्युज पाउने पहिलो नेपाली गीतको रेकर्ड

काठमाडौँ – चलचित्र ‘२ रुपैयाँ’को गीत ‘कुटुमा कुटु’ले २० करोड भ्युज पाएको छ ।

६ वर्ष अगाडि युट्युबमा अपलोड गरिएको गीतले नेपाली गीतको इतिहासमा बढि भ्युज पाउने रेकर्ड बनाएको हो । 

कुनै पनि नेपाली गीत २० करोड क्लबमा प्रवेश गरेको यो पहिलो पटक हो।  

गीतमा शब्द तथा सङ्गीत राजनराज शिवाकोटीको छ । स्वर राजनराज स्वयं र मेलिना राई तथा राजन इशानको छ । 

यसबारे सामाजिक सन्जालमा पोष्ट गर्दै शिवाकोटीले खुसि व्यक्त गरेका छन् ।

पोष्टमा उनले कबिर पाँच मिनेटको गीतमा अन्न, फलफूल, वनस्पती, सुन, कीराफट्यांग्रा, मानिस, चरा, जनावर ,धर्म, बवज्ञान, देश, विदेश समट्दै धुमपान तथा मद्यपान गर्नु हुँदैन भन्ने सामाजिक सन्देश दिएको उल्लेख गरेका छन् ।

यो  गीतले युट्युबमा सुरुदेखि नै आक्रामक भ्युज प्राप्त गरिरहेको थियो। 



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?