गायक थापाको स्वरमा ‘परिणाम नखोज तिमी’ सार्वजनिक

काठमाडौँ– गायक नारायण थापाको स्वरमा ‘परिणाम नखोज तिमी’ गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ ।

हालै मात्र सार्वजनिक भएको गीतमा गीतकार दिनेशराज पुरीको शब्द तथा गायक थापाकै सङ्गीत रहेको छ । गीतमा पुष्कर सुनुवारको एरेन्ज विप्लभ अधिकारीको मिक्सिङ र मास्टरिङ रहेको छ ।

गीतमा सामाजिक रुपमा निम्तने पारिवारिक समस्यालाई मुख्य विषय बनाइएको छ । गायक थापाका अनुसार परिवारमा महत्वाकांक्षा र आर्थिक समस्याले निम्त्याउने उतारचढावहरु नै गीतमार्फत अभिव्यक्त भएका छन् ।

लिरिकल भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?