घडी जस्तै नाडीमा बेरेर लगाउन मिल्ने मोटोरोलाको स्मार्टफोन सार्वजनिक 

काठमाडौँ– विश्वमै पहिलो पटक घडीजस्तै नाडीमा बेरेर लगाउन मिल्ने विशेष प्रकारको स्मार्टफोन सार्वजनिक भएको छ । 

गत अक्टोबरमा नाडीमा लगाउन मिल्ने फोनबारे पहिलो पटक जानकारी दिएको स्मार्टफोन कम्पनी मोटोरोलाले उक्त फोन सार्वजनिक गरेको हो । यो ‘एडप्टिभ डिस्प्ले’ प्रविधिमा आधारित रहेको बताइएको छ । 

फोनलाई नाडीमा अड्याउन भने चुम्बकीय गुण भएको छुट्टै ब्रासलेट लगाउनु पर्छ । त्यसपछि त्यो फोन घडी जसरी हातमा अडिने र लगाएपछि पनि सजिलै हिँड्न सकिने बताइएको छ । 

मिडिया रिपाेर्टका अनुसार फोनमा ६.९ इन्चको फुल एचडीको डिस्प्ले राखिएको छ । 

यसबाहेक फोनलाई बङ्ग्याएर दुई ओटा स्क्रिन बनाउन सकिने भनिएको छ । यद्यपि अझै पनि फोन तथा प्रविधिबारे कम्पनीले विस्तृत जानकारी भने दिएको छैन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?