चुम्बन गर्नुका यति धेरै फाइदा

के तपाईँलाई थाहा छ ? सम्बन्ध बलियो  हुनुमा चुम्बनले महत्त्वपूर्ण भूमिका खेल्दछ। चुम्बन गर्दा आनन्द महसुस हुन्छ भने सम्बन्ध राख्दा पनि यसले यादगार बनाउँदछ।

चुम्बनको साइकोलोजी अनुसार चुम्बन गर्नु व्यक्तिगत तथा अति घनिष्ठ हुन जान्छ। यसले मानिसको शारीरिक, मानिसक, भावनात्मक तथा आत्मीयतासँग जोड्दछ।

टाएम्स युनियनले गरेको एक अध्ययनका अनुसार पुरुषहरूले धेरैजसो कति महिलासँग सुते भन्दा पनि कतिलाई चुम्बन गरे भन्ने कुरा याद बढी गर्ने गर्दछन्।

चुम्बन गर्दा हुने फाइदा

– महिलाहरू विशेष गरी चुम्बन गर्न चाहन्छन्। यसले शारीरिक फाइदा पनि पुर्‍याउँछ।

– जो मानिसले दैनिक चुम्बन गर्दछन्, उनीहरूको पाँच वर्ष बढी बाँच्छन्।

– चुम्बन गर्दा रगत छिटो बग्दछ, जसले गर्दा छालामा हुने कालो धब्बा तथा र्‍यासेसहरु हट्दछ।

– सम्बन्ध राख्दा केमिकलहरू उत्पादन हुन्छ, जसले मुटुको धड्कन एक मिनेटमा १०० पटक धड्किन्छ, जुन स्वास्थ्यका लागि राम्रो मानिन्छ।

– चुम्बन गर्दा २९ वटा मुखका मांसपेशीहरू चल्दछ, जसले चाउरी हटाउन मद्दत गर्दछ।

–ओठ औँलाको टुप्पो भन्दा बढी संवेदनशील हुन्छ। यसले शरीरको सबै नशाहरूलाई उत्तेजित गर्दछ।

–यसले इम्युन सिस्टम बढाउने तथा रोगसँग लड्न सक्ने क्षमता पनि बढाउँछ।

– चुम्बन गर्दा एक आपसमा भावनात्मक सम्बन्ध बन्छ र एक प्रकारको बोन्ड रहिरहन्छ। जति चुम्बन गर्नुहुन्छ, त्यति नै एक अर्कालाई नजिक पाउनुहुन्छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?