‘छक्का पन्जा ५’ को गीतमा ज्योति मगरको टिप्पणी ‘खै संस्कारीहरू कहाँ गए ?’

काठमाडौँ – गायिका ज्योति मगरले दीपकराज गिरिको फिल्म ‘छक्का पन्जा ५’ को गीतलाई लिएर आक्रामक टिप्पणी गरेकी छिन ।

बजारमा अश्लील गीत बढेको बहसकाबीच उनले सो फिल्मको ‘बिहे भाको छैन म कुमार हैन’ शीर्षकको गीतमा सामाजिक सञ्जालमार्फत प्रश्न उठाएकी हुन् । 

उनले प्रश्न गरेकी छिन् ‘ ‘बिस्तारा ले पोल्यो’, ‘३ महिने सुइँ लाउँछे’ जस्ता गीतहरूले समाज भड्किलो भयो भन्दै भुक्नेहरू ले छक्का पन्जा को गीत “बिहे भाको छैन म,कुमारी नि हैन म” भन्ने गीतलाई कुन रूप ले लिए होलान् ?’

अझै थपेर ‘यो गीतको भाव बुझेनन् कि क्या हो ?’ प्रश्न उठाएकी ज्योतिले ‘यो गीत ले पनि बिहे गर्‍या छैन तर सम्भोग गर्‍या छु भन्या त हो नि’ भन्दै उल्लेख गरेकी छिन् ।

ठूला भनिएकाले जे गरेपनि छुट भएकोतर्फ सङ्केत गरेकी उनले पोस्टमा यो गीतका  विषयमा पनि बोल्न  घुमाउरो पारामा चुनौती दिएकी हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?