छायाङ्कनका क्रममा कलाकार पल शाह घाइते

काठमाडौँ– फिल्म ‘रावायण’ को छायाङ्कनका क्रममा कलाकार पल शाह घाइते भएका छन् ।

निर्माण टिमका अनुसार उनको हातमा चोट लागेको छ । उनलाई दाहिने हातमा चोट लागेको बताइएको छ । उनलाई सर्लाहीको एक अस्पतालमा उपचार गराइएको छ ।

एक्सन दृश्य खिच्ने क्रममा पललाई चोट लागेको र हातमा टाँका लगाइएको बताइएको छ । छायाङ्कनका क्रममा उनीसँगै अर्का कलाकार पनि सामान्य घाइते भएका छन् ।

सुदर्शन थापाले निर्देशन गरेको यो फिल्म आगामी भदौ २१ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?