ठूलो संख्यामा जनशक्ति कटौती गर्दै डेल

काठमाडौँ – अग्रणी कम्प्युटर–ल्यापटप उत्पादक कम्पनी डेलले ठूलो मात्रामा जनशक्ति कटौतीको घोषणा गरेको छ ।

मिडिया रिपोर्टहरूका अनुसार, डेलले आफ्नो बिक्री डिभिजनमा ठूलो परिवर्तन गर्दै छ।  कम्पनीले अब आफ्नो बिक्री टोलीहरूलाई केन्द्रीकृत गर्नेछ भने त्यसका लागि  आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग बढाउने छ । 

यसले डेलका करिब १० प्रतिशत कर्मचारीहरूले आफ्नो जागिर गुमाउनेछन् भने कुल १२,५०० कर्मचारी यो परिवर्तनको सिकार हुने बताइएको छ । 

रिपोर्टका अनुसार डेलको बिक्री टोलीका धेरै कर्मचारीहरूले उनीहरूलाई जागिरबाट निकालिएको वा उनीहरूका सहकर्मीहरूले आफ्नो जागिर गुमाएका छन् भन्ने पुष्टि गरेका छन्। 

कम्पनीले केही समयदेखि लगातार कर्मचारी कटौती गर्दै आएको छ। कम्पनीले हरेक ६ महिनामा कर्मचारीहरूको जागिर खाइरहेको बताइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?