त्रिशूली नदीमाथिको जिपलाइन र स्काई साइक्लिङमा रमाउँदै वर्षा राउत 

काठमाडौँ – अभिनेत्री वर्षा राउत त्रिशूली नदीमाथि सञ्चालित जिपलाइन र स्काई साइक्लिङमा रमाएकी छिन् । 

त्रिशुली रिभरसाइड रिसोर्टले सञ्चालन गर्दै आएको  जिपलाइन र स्काई साइक्लिङमा अभिनेत्री राउतले मनोरञ्जन लिएकी हुन् ।राउतले आफूलाई सुरुमा डर लागे पनि पछि निक्कै मज्जा आएको अनुभव सुनाइन । 

‘मैले जिपलाइन अरु ठाउँमा पनि गरेको थिएँ  तर यति ठूलो नदीमाथि गर्दा झन् मज्जाको थ्रिल महसुस भयो ।’ उनले भनिन् – ‘खोलामाथि साइक्लिङको अनुभव पनि मेरो लागी एकदमै नौलो रह्यो ।’

काठमाडौँबाट ७० किलोमिटर दूरीमा पृथ्वी राजमार्गको मलेखु नजिकै मालिङ्गामा रहेको यस रिसोर्ट परिसरमा नेपालमै पहिलो पटक खोला वारपार गर्ने स्काई रोप साइक्लिङ सञ्चालनमा छ ।

पछिल्लो समय एड्भेन्चर हब बन्दै गइरहेको यस रिसोर्टमा  अभिनेत्री राउत को यो पारिवारिक घुमघाम हो । आफ्ना पति संजोग कोइरालासँग उनले रिसोर्टमा होलिडे समय बिताएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?