दादासाहेब फाल्के फिल्म फाउन्डेसन अवार्डबाट सम्मानित हुँदै प्रियंका कार्की र भुवन केसी

काठमाडौँ – भारतको ‘दादासाहेब फाल्के फिल्म अवार्ड २०२४’ बाट नेपाली अभिनेत्री प्रियंका कार्की र अभिनेता भुवन केसी सम्मानित हुने भएका छन्। 

प्रियंकाले नेपालका लागि उत्कृष्ट अभिनेत्री र भुवनले नेपालका लागि उत्कृष्ट अभिनेताको अवार्ड पाउन लागेका हुन्। 

दादासाहेब फाल्के फिल्म फाउन्डेसनले आयोजना गर्ने अवार्ड यही ३० मे मा मुम्बईमा आयोजना हुँदैछ भने नेपाली फिल्म क्षेत्रमा पुर्‍याएको योगदानस्वरूप उनीहरूलाई यो अवार्ड दिन लागिएको हो। 

फाउण्डेसनले प्रियंका र भुवन दुवै जनालाई पत्राचार गर्दै अवार्डका लागि छनोट भएको जानकारी दिएको छ। 

फाउण्डेसनले यसपटक नेपालको तर्फबाट अवार्ड सिफारिसका लागि ‘दादासाहेब फाल्के फिल्म फाउण्डेसन अवार्ड २०२३’बाट सम्मानित आकाश अधिकारीको संयोजकत्ममा ३ सदस्यीय निर्णायक समिति गठन गरेको थियो।

यसअघि अधिकारी सहित अभिनेत्री करिश्मा मानन्धर ‘दादासाहेब फाल्के फिल्म फाउण्डेसन अवार्ड २०२३’बाट सम्मानित भएका भएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?