मेडिकल व्यवसायी दुर्गा प्रसाईँका सुरक्षा गार्ड हतियारसहित पक्राउ

काठमाडौँ– सर्वोच्च परिसरबाट मेडिकल व्यवसायी दुर्गा प्रसाईँका सुरक्षा गार्ड हतियारसहित पक्राउ परेका छन् ।

सर्वोच्च अदालत परिसरमा हतियार लिएर प्रवेश गर्ने खोज्दा उनी पक्राउ परेका हुन् । अदालतभित्र हतियार लिएर प्रवेश गरेको पाइएपछि प्रहरीले पक्राउ गरेको बुझिएको छ ।

सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द प्रसाद घिमिरेका अनुसार हातहतियारसहित खड्का अदालत प्रवेश गर्न खोजेपछि प्रहरीको जिम्मा लगाइएको हो ।

पक्राउ पर्नेमा झापाको बुद्धशान्ति गाउँपालिका ३ का दीपक खड्का रहेका छन् । खड्का दुर्गा प्रसाईँको सुरक्षा गार्डका रूपमा काम गर्दै आएका थिए ।

आज सर्वोच्चमा दुर्गा प्रसाईँसँग सम्बन्धित मुद्दामा सुनुवाइ भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?