धनियाले स्वास्थ्यलाई किन आवश्यक छ ?

काठमाडौँ। धनिया केवल स्वादका लागि मात्र नभई, शरीरको समग्र स्वास्थ्यका लागि अत्यन्त आवश्यक जडीबुटी हो। त्यसैले, आफ्नो दैनिक खानपानमा धनियालाई अवश्य समावेश गर्नुपर्छ ।

१. रोगप्रतिरोधात्मक क्षमता बढाउँछ
धनियामा भिटामिन सी, ए र एन्टिअक्सिडेन्ट हुन्छ, जसले शरीरलाई संक्रमण र रोगहरूबाट बचाउँछ।

२. पाचन शक्ति सुधार गर्छ
धनियामा पाइने फाइबर र एन्टिब्याक्टेरियल गुण पाचनलाई राम्रो बनाउँछ र ग्यास तथा अपचबाट राहत दिन्छ।

३. हृदय स्वास्थ्यका लागि फाइदाजनक
पोटासियम र एण्टिअक्सिडेन्ट रक्तचाप नियन्त्रण गर्छ, कोलेस्ट्रोल घटाउँछ र मुटुलाई स्वस्थ राख्छ।

४. मधुमेह नियन्त्रण गर्न मद्दत गर्छ
धनियाले रक्तमा चिनीको स्तर सन्तुलनमा राख्न सहयोग गर्छ, जुन मधुमेह भएका व्यक्तिहरूका लागि फाइदाजनक हुन्छ।

५. छालालाई स्वस्थ राख्छ
धनियामा पाइने भिटामिन सी, ए र एन्टिअक्सिडेन्ट छालालाई चम्किलो बनाउन र बुढ्यौली रोक्न मद्दत गर्छ।

६. मस्तिष्क स्वास्थ्य सुधार गर्छ
धनियामा हुने एन्टिअक्सिडेन्ट गुण दिमागलाई तन्दुरुस्त राख्छ र स्मरणशक्ति बढाउँछ।

७. हड्डी मजबुत बनाउँछ
क्याल्सियम र भिटामिन K को राम्रो स्रोत भएकाले धनियाले हड्डी बलियो बनाउँछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?