नाटक ‘आवर्त’ मञ्चन हुने

काठमाडौँ– ओजस थिएटरको प्रस्तुतिमा नाटक ‘आवर्त’ मञ्चन हुने भएको छ ।

रातोपुलस्थित थिएटरमा साउन १८ र १९ गते मञ्चन हुने नाटकलाई नारायण लामिछानेले लेखेका हुन् । नाटकको निर्देशन भने विकास पौडेलले गरेका छन् ।

नाटकमा कलाकारहरु जेसिका पोखरेल, गोविन्द राज खड्का, रुबिन सुनार, नारायण लामिछाने, विकाश पौडेल र दिपेश कुमार चौधरीको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?