नामिबियाको चौथो विकेट पतन

काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले अहिले नामिबियाको सामना गरिरहेको छ ।

टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नामिबियाले अहिले नेपालले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याइरहेको छ ।

खेलमा ८६ रन बनाउँदा नामिबियाले चौथो विकेट गुमाएको छ । १७ ओभर ३ बलमा नेपालका दीपेन्द्रसिंह ऐरीले नामिबियाका जान फ्राइलिङ्कलाई एलबीडब्लू आउट गरे ।

आउट हुनुअघि उनले १५ बलमा ४ रन बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?