नेटफ्लिक्सले २ सय ७५ करोडमा किन्यो पुष्पा- २ को डिजिटल अधिकार

काठमाडौँ – बहुप्रतीक्षित अल्लु अर्जुनको ‘पुष्पा २ द रुल’को डिजिटल अधिकार कीर्तिमानी रकममा बिक्री भएको छ । पहिलेबाटै चर्चामा रहेको यो फिल्मको डिजिटल अधिकार नेटफ्लिक्सले लाई २ सय ७५ करोडमा किनेको हो । 

मिडिया रिपोर्टका अनुसार पुष्पा २ः द रुलको डिजिटल अधिकार नेटफ्लिक्सलाई २ सय ७५ करोडको आधार मूल्यमा बेचिएको छ, जसलाई बढाएर ३ सय करोडमा पुर्‍याउन सकिन्छ।

यो सबै भाषाहरूको लागि रेकर्ड सम्झौता हो। रिपोर्टका अनुसार  यो सम्झौता बक्स अफिस प्रदर्शनको आधारमा परिवर्तन गर्न सकिन्छ।

सम्झौता गर्ने नयाँ तरिका अनुसार आधार मूल्य निर्धारण गर्ने र त्यसपछि यसलाई बक्स अफिस रिटर्नमा लिङ्क गरेर बढाउने प्रचलन छ । 

अल्लु अर्जुनको फिल्मको आधार मूल्य २७५ करोड रुपैयाँ छ, जुन ३०० करोड रुपैयाँमा जान्छ, डिजिटल अधिकारको बिक्रीको लागि अघिल्लो रेकर्ड एसएस राजामौली निर्देशित आरआरआर १७५ करोडमा थियो। यो फिल्मबाट अल्लु अर्जुन फेरि एकपटक दर्शकलाई मनोरञ्जन दिनेछन् ।

निर्देशक सुकुमारको फिल्म  ‘पुष्पा २’ को दर्शकमाझ निकै क्रेज रहेको छ । सन् २०२१ मा सुकुमारले फिल्म ‘पुष्पा’ ल्याएका थिए ।

यो फिल्मले बक्स अफिसका सबै रेकर्ड तोडेको थियो ।  यसै क्रममा अब निर्देशक ‘पुष्पा’ को सिक्वेल ‘पुष्पा २’ दर्शकमाझ ल्याउने तयारीमा छन् ।

उल्लेखनीय छ कि अल्लु यस फिल्ममा जापानी भाषा बोल्दै देखिने छन्। यति मात्र होइन, ‘पुष्पा २’लाई सुकुमारले बृहत् स्तरमा निर्माण गरेका छन् । यो फिल्म यसै वर्ष १५ अगस्ट २०२४ मा रिलिज हुँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?