नेपाली पात्रो एप एन्ड्रोइडमा १ करोड पटक डाउनलोड

काठमाडौँ – नेपालको पहिलो विक्रम सम्बतमा आधारित चर्चित मोबाइल एप नेपाली पात्रोले गुगल प्लेस्टोरमा १ करोड डाउनलोड पुरा भएको छ ।

नेपाली तिथि, मिति, पात्रो, चाडपर्व, नेपाली संस्कृति, वैदिक सनातन हिन्दु उत्सव / पर्वहरू, विभिन्न जातजाति, भाषा भाषिका धर्म, आस्था तथा संस्कृति लगायतका सम्पूर्ण विशेष दिवस, पर्व तथा जात्राहरूको तथ्यपूर्ण जानकारीले भरिएको नेपालको पहिलो  डिजिटल पात्रो हो ।

नेपाली पात्रोमामा रेडियो, समाचार (यो गज्जब छ), वैदिक पात्रो, राशिफल, मूल्य सूची, ज्योतिष, राशिफल जस्ता आज जीवनलाई आवश्यक पर्ने दर्जन बढी सुविधाहरू समावेश छन् ।

साथै नेपालका लोकप्रिय समाचार स्रोतबाट निरन्तर समाचार अपडेट गर्ने नेपाली पात्रो गुगल प्ले स्टोरमा ४.३ स्टार रेटिङ्गसाथ लोकप्रिय भएको देखिन्छ।

नेपालका चार सयभन्दा बढी लोकप्रिय रेडियोहरूबाट सूचना, जानकारीमूलक तथा मनोरञ्जनात्मक सामग्री सुन्न सकिने नेपाली पात्रोका आशिष कार्की जानकारी दिनुभयो। 

विनिमय दर, सुनचाँदीको मूल्य सूची, तरकारीको बजार भाउ,आदि जस्ता  दैनिक आवश्यकताका फिचरका कारण एपमा सक्रिय प्रयोगकर्ताको सङ्ख्या पनि उल्लेख्य छ ।

दैनिक १० लाख बढी सक्रिय प्रयोगकर्ता रहेको एपमा मासिक सक्रिय प्रयोगकर्ताको सङ्ख्या १ करोड माथि रहेको छ । नेपालमा पहिलो पटक, नेपाली रेडियोबाट प्रसारित हुने कार्यक्रमहरू नेपाली पात्रोमा श्रोता मित्रहरूको समय अनुसार सुन्न सकिन्छ। 

नेपाली पात्रोमा देशका प्रमुख १५०  भन्दा बढी अनलाइन न्युजपोर्टल र  ३५० भन्दा बढी रेडियो समेत जोडिएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?