‘पार्वती’ फिल्मबाट डेब्यु गर्दै ‘कार्टुन्ज क्रू’ का सरोज अधिकारी

काठमाडौं- चर्चित डान्स ग्रुप ‘कार्टुन्ज क्रू’ का सरोज अधिकारी फिल्म ‘पार्वती’मा सहायक निर्देशकको रुपमा अनुबन्धित भइसकेका छन्।

निर्देशक नीता ढुंगानाले निर्माण गर्न लागेको कथानक फिल्म ‘पार्वती’ मा उनले सहायक निर्देशकगर्ने भएका छन्।

आइतबार निर्देशक नीता ढुंगाना र सरोज अधिकारीबीच लिखित सम्झौता सम्पन्न भएको छ। अभिनयको सट्टा निर्देशन विधाबाट फिल्म सिक्ने लक्ष्य राखेर सरोजले फिल्मलाई बुझ्न सहायक निर्देशकबाटै सुरुवात गर्ने निर्णय गरेको बताए।

‘पार्वती’ माघ १ गतेबाट प्रदर्शनमा आउने अपेक्षा गरिएको छ। यो नीताको दोस्रो प्रोजेक्ट हो, जसमा उनले ‘सुख दुःख’ बाट निर्देशनमा डेब्यु गरेकी थिइन्। ‘कार्टुन्ज क्रू’ का सरोजले डान्स ग्रुप व्यवस्थापनको जिम्मेवारी पनि सम्हाल्ने बताइएको छ।

‘पार्वती’ को छायांकन असोज महिनाबाट सुरु हुने तयारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?