पोखरा एभेन्जर्सविरुद्ध कर्णाली याक्स ७ विकेटले विजयी

काठमाडौँ- नेपाल प्रिमियर लिग अन्तर्गतको पोखरा एभेन्जर्सविरुद्धको खेलमा कर्णाली याक्सले ७ विकेटको सहज जित निकालेको छ ।

टस हारेर १०३ रनको लक्ष्यसहित जावाफी ब्याटिङमा उत्रिएको कर्णाली १५ ओभरमा लक्ष्य पूरा गरेको हो । कर्णालीले ३ विकेटको क्षतिमा १०६ रन बनायो ।

कर्णालीका ओपनर देव खनाल र बाबर हायत भने आजको खेलमा सस्तैमा पवेलियन फर्किएका थिए । उनीहरु दुवैले दोहोरो रन बनाउन सकेका थिएनन् ।

३० बल बाँकी रहेकै अवस्थामा कर्णालीले यसअघि पोखराबाट प्राप्त १०३ रनको चुनौतीलाई सजिलै आफ्नो पक्षमा पार्न सफल भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?