प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

काठमाडौँ– प्रि ओपन सेसनमा नेप्से सूचक ४.९९ अङ्कले बढेको छ । यससँगै सूचक २००९.०५ विन्दुमा आएको छ ।

४२ कम्पनीको १५ सय ७० कित्ता सेयर कारोबार हुँदा ९ लाख ७१ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ६३ वटा कारोबार भएको हो । २३ कम्पनीको भाउ बढ्दा १६ को भने मूल्य घटेको छ ।

बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको  छैन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?