प्रेमीसँग विवाह बन्धनमा बाँधिदै बलिउड अभिनेत्री सोनाक्षी सिन्हा

काठमाडौँ– बितेका केही वर्षयता बलिउड अभिनेत्रीहरुले भटाभट बिहे गरिरहेका छन् ।

यसैबीच बलिउडकी चर्चित अभिनेत्री सोनाक्षी सिन्हाले पनि बिहे गर्ने भएकी छिन् । भारतीय मिडिया रिपोर्टका अनुसार उनले लामो समयदेखि जहिर इकबालसँग डेटिङ गरिरहेकी थिइन् ।

यो जोडीले आफ्नो प्रेम जीवनलाई विवाहमा परिणत गर्न लागेको भारतीय मिडियाले उल्लेख गरेका छन् । मिडियाका अनुसार यी दुईले २३ जुनमा बिहे गर्ने तय भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?