फिल्म ‘खुस्मा’ को पहिलो गीत सार्वजनिक

काठमाडौँ– अशोक थापामगरले लेखन तथा निर्देशनमा रहेको फिल्म ‘खुस्मा’ को पहिलो गीत सार्वजनिक गरिएको छ। फिल्मको ‘खुसीका फूल बटुलेर’ बोलको गीत मंगलबार सार्वजनिक गरिएको हो ।

गीतमा एसडी योगी र विज्ञानी पराजुलीको स्वर रहेको छ । राम अविरल विष्टको लेखन रहेको प्रेमिल गीतमा एसडीकै संगीत रहेको छ ।

गीतको भिडिओमा अभिनेता धिरज मगर र अभिनेत्री उपसना सिंह ठकुरीको प्रेमभाव देखाइएको छ । भिडिओलाई सुरेन्द्र राईले कोरियोग्राफी गरेका हुन् ।

विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन र बेतान मगर निर्माता रहेको फिल्म आगामी असोज ३ गते संविधान दिवसको अवसर पारेर प्रर्दशनमा आउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?