फिल्म निर्माण तथा निर्देशन गर्दै प्रकाश सपुत

काठमाडौँ – चर्चित गायक प्रकाश सपुतले आफ्नै निर्माण तथा निर्देशनमा कथानक फिल्म बनाउने भएका छन्। 

सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गदै उनले यो बारे जानकारी गराएका हुन् । जानकारी गराइए अनुसार फिल्मको औपचारिक घोषणा आज दिउसो हुने छ । 

गलबन्दी प्रोडक्सनको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्मको भिडिओ सार्वजनिक गर्दै फिल्मको शीर्षक घोषणा गर्ने तयारी छ। 

फिल्मको नामसहित कथाको पृष्ठभूमि, कलाकार, प्रदर्शन मिति सबै कुराको जानकारी सोही भिडिओमार्फत दिन लागिएको जानकारी दिएका छन्। फिल्ममा कथा र सङ्गीत प्रकाशकै रहनेछ। 

मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नेन्सि शेरचन फिल्मको कार्यकारी निर्मातामा रूपमा रहँदा मुख्य सह–निर्देशन सुनिल वि‍कको रहनेछ। 

नारायण रायमाझी निर्देशित ‘परदेशी २’ बाट अभिनेताका रूपमा फिल्ममा डेब्यु गरेका प्रकाशको यो फिल्म सुपरहिट भएको थियो । 

उनले ‘पूर्ण बहादुरको सारंगी’ समेत साइन गरेका छन् भने अब आफै निर्देशन र निर्माणमा समेत अघि बढ्न लागेका हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?