फेसबूक, इन्स्टाग्राम र थ्रेड्समा देखियो समस्या, एक्समा चल्यो ‘फेसबूक डाउन’ ट्रेन्डिङ

काठमाडौँ– सामाजिक सञ्जाल फेसबूक एकाएक डाउन भएको छ । फेसबूकको माउ कम्पनी अन्तर्गतको साइट इन्स्टाग्राम पनि चल्न छोडेको छ ।

फेसबूकमा एकाएक लगआउट हुने र पछि लगइन नै नहुने समस्या आएको प्रयोगकर्ताले गुनासो गरेका छन् भने इन्स्टाग्रामको पेज लोड भएको छैन । यद्यपि फेसबूकमा जस्तो लगआउट नै हुने समस्या भने इन्स्टाग्राममा देखिएको छैन ।

यता उही कम्पनीको भए पनि ह्वाटसएप भने चलिरहेको पाइएको छ । तर, केही समयअघि एक्सको विकल्पमा ल्याएको थ्रेड्समा पनि समस्या देखिएको छ ।

फेसबूक डाउन भएको केही छिनमै सामाजिक सञ्जाल एक्स (पहिलेको ट्वीटर) मा फेसबूक डाउनको ह्यासट्याग नै चलेको छ । यसबारेमा फेसबूकले भने आधिकारिक रुपमा हालसम्म कुनै जानकारी दिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?