बच्चालाई भावनात्मक रूपमा कसरी बलियो बनाउने ?

काठमाडौं – अहिले हरेक क्षेत्रमा प्रतिस्पर्धा हुन्छ । यस्तो प्रतिस्पर्धामा के तपाई आफ्नो बच्चालाई भावनात्मक रूपमा कसरी बलियो बनाउने भनेर सोचिरहनु भएको छ ?

यस्तो अवस्थामा बच्चालाई शारीरिक र भावनात्मक रूपमा बलियो बनाउनु अभिभावकको दायित्व हो । यदि बच्चा भावनात्मक रूपमा बलियो छ भने उसले हरेक कठिनाइलाई सजिलै पार गर्न सक्छ ।

समय बित्दै जाँदा प्रविधिमा तीव्र परिवर्तन भइरहेको छ । साथै बालबालिकाको व्यवहार र आत्मविश्वासमा पनि परिवर्तन देखिएको छ । आजको समयमा बालबालिकाले सानैदेखि धेरै कुरा सिक्छन् । यस्तो अवस्थामा बच्चालाई सही समयमा सही काम गर्न प्रोत्साहन दिनुपर्छ । उनीहरूलाई समयको महत्त्व बुझाउनुपर्छ । यसले बच्चामा आत्मविश्वास पैदा गर्नेछ

यस्तो अवस्थामा आमाबाबुले बच्चालाई बाल्यकालदेखि नै भावनात्मक रूपमा बलियो बनाउनु अति आवश्यक छ । त्यसका लागि अभिभावक आफैं पनि भावनात्मक रूपमा बलियो हुनुपर्छ । किनकि अभिभावकलाई हेरेर नै बच्चाले धेरै कुरा सिक्ने गर्छन् ।

यदि तपाई पनि आफ्नो बच्चालाई भावनात्मक रूपमा बलियो बनाउन चाहानु हुन्छ भने उसलाई सानो(सानो कुरामा गाली नगर्नुस
। सानातिना गल्तीका लागि बच्चालाई हप्काउनुभयो भने त्यसले बच्चालाई भावनात्मक रूपमा कमजोर बनाउँछ र उसको आत्मविश्वास घट्न थाल्छ ।

बच्चाले केही गल्ती गर्दा उसलाई त्यही गल्ती फेरि नगर्न प्रोत्साहित गर्नुपर्छ । साथै, यदि बच्चाले कुनै काम गर्न मान्दैन भने उसलाई मायापूर्वक सम्झाइबुझाइ गर्नुपर्छ ।

बच्चालाई भावनात्मक रूपमा बलियो बनाउने उपाय

बच्चाले आफ्नो कुरा खुलेर भन्न सक्ने वातावरण सिर्जना गरिदिने

अभिभावकले बेलाबेलामा आफ्नो कुरा बच्चालाई सुनाउने र उसको कुरा पनि सुनिदिने गर्नुस

बच्चाहरू जब किशोरावस्थामा पुग्छन् त्यो बेला उनीहरूलाई भावनात्मक रूपमा बलियो बनाउनुस।

बच्चालाई समयको महत्त्व सिकाउनुस

समस्या समाधान गर्ने सीप सिकाउने

बच्चालाई ती चुनौतीसँग कसरी लड्ने भनेर सिकाउने

बच्चालाई आलोचनात्मक रूपमा सोच्न र दैनिक समस्याको समाधान गर्न प्रोत्साहन दिनुपर्छ ।

सकारात्मक सोचको विकास गर्न सहयोग गर्ने

परिवारको महत्त्व बुझाउनुहोस्

बलियो, सकारात्मक सम्बन्ध निर्माण गर्न भावनात्मक बल आधारशीला हो । आफ्ना बच्चालाई परिवार र साथीहरूसँग राम्रो सम्बन्ध विकास गर्न प्रोत्साहन गर्नुपर्छ । बच्चालाई अरूसँग राम्रो सम्बन्ध बनाउँदाका फाइदा बताउनुपर्छ । आमाबाबु बच्चाका लागि रोल मोडल हुन् । यस्तो अवस्थामा बच्चालाई हरेक चरणमा साथ दिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?