बान्द्रे खोलाको बाढीले बगाएका एक जनाको शव भेटियो

काठमाडौँ- बागलुङको बान्द्रे खोलामा आएको बाढीले बगाएर बेपत्ता भएका एक जनाको शव भेटिएको छ । बाढीले बगाएर बेपत्ता भएका २० वर्षीय कमल सापकोटाको शव फेला परेको हो ।

बागलुङ नगरपालिका –४ बान्द्रे अढाइथरका सापकोटाको शव फेला परेसँगै बाढीले बगाएर मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

घटनास्थलभन्दा पाँच सय मिटर तल सापकोटाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?