बिराजको ‘१२ गाउँ’मा जोडिइन सनिशा

काठमाडौँ – सनिशा भट्टराई बिराज भट्टले निर्देशन तथा निर्माण गर्न लागेको फिल्म  ‘१२ गाउँ’मा  अनुबन्धित भएकी छन् । 

बिराजले सामाजिक सञ्जाल फेसबुकबाट यसबारे जानकारी दिएका हुन् । सनिशासंगको फोटो पोस्ट गर्दै उनले लेखेका छन् –  “धेरै सम्भावना बोकेकी, सौन्दर्य तथा कलाकी धनी सनिशा भट्टराई हाम्रो फिल्म १२ गाउँमार्फत प्रमुख भूमिकामा आफ्नो फिल्मी यात्रा सुरुआत गर्दै,” 

म्युजिक भिडियोबाट अभिनयमा आएकी सनिशा  ‘१२ गाउँ’ बाट नेपाली सिनेमामा डेब्यू गर्न लागेकी हुन् । यो फिल्ममा बिराजका छोरा समिरले पनि अभिनय गर्दै छन् । 

अहिले यो चलचित्रको छायाङ्कनका लागि निर्माण टिमले लोकेसन हन्ट गरिरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?