बिहीबार सुनको भाउ घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ- नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको मूल्य तोलामा ३०० रुपैयाँ घटेको छ । बिहीबार सुनको मूल्य १ लाख ४९ हजार ३०० रुपैयाँ कायम भएको छ ।

यसअघि बुधबार सुनको मूल्य तोला १ लाख ४९ हजार ६०० रुपैयाँ थियो ।

यस्तै चाँदीको मूल्यमा पनि ३० रुपैयाँले गिरावट आएर १ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?