बोस्निया हर्जगोभिनाको पोस्टमा जर्मनीको ७ गोल

काठमाडौँ- युरोपेली नेसन्स कप अन्तरगत शनिबार भएको भएको समूह ३ को खेलमा जर्मनीले बोस्निया हर्जगोभिनालाई ७-० ले हराएको छ।

नेसन्स कपको ६ वर्षे इतिहासमा ७ गोल गर्ने पहिलो पुरुष टोलीको रूपमा इतिहास कायम गर्न समेत जर्मनी सफल भएको छ।

दोस्रो मिनेटमा नै जमाल मुसियलाको हेड गोलमा जर्मनीले अग्रता लिएको थियो। टिम क्लिन्डेस्डेन्टले दोस्रो गोल गरेको खेलमा फ्लोरियन विट्जसँग समन्वय मिलाउँदै हाभरटेजले तेस्रो गोल गरे।

दोस्रो हाफको सातौँ मिनेटमा विट्जले २५ यार्ड टाढाबाट फ्रिकिकमा गोल गरे। वैकल्पिक खेलाडी लियारे सानेले थप एक गोल गरे। क्लिन्डेस्डेन्टले अन्तिम गोल गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?