‘भ्वाइस किड्स’ सिजन ३ को कोचमा मेलिना राई

काठमाडौँ– ‘द भ्वाइस किड्स’ सिजन ३ को कोचमा गायिका मेलिना राई अनुबन्धित भएकी छिन् ।

शोको नयाँ कोचमा मेलिनासँगै गायक छेवाङ शेर्पा पनि छन् । पुरानाे काेचका रुपमा भने प्रमोद खरेल नै छन् ।

६ देखि १४ वर्ष उमेर समूहका इच्छुक बालबालिकाले भाग लिन पाउने शाे काे यतिबेला पछिल्लो संस्करणका लागि डिजिटल अडिसन चलिरहेको बताइएको छ ।

शोबारे विस्तृत जानकारी सार्वजनिक गरिएकाे छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?