दुई शताब्दी अघिको कथामा नाटक ‘मेषी दण्ड’ मञ्चन हुने

काठमाडौँ– थापागाउँस्थित मण्डला थिएटरमा साउन ५ गते नाटक ‘मेषी दण्ड’ मञ्चन हुने भएको छ ।

युवा रङ्गकर्मी अनिल सुब्बाद्वारा परिकल्पना तथा निर्देशित नाटकमा झन्डै दुई शताब्दीअघि घटित इतिहासलाई केलाउने जमर्को गरिएको जनाइएको छ । उक्त नाटक गीलु रातोसले लेखेका हुन् ।

निर्देशक सुब्बाका अनुसार नाटकमा आदिवासीहरुको भाषा र संस्कृति अनि उनीहरुको जीवनको लयमा राज्यसत्ताले कसरी दमन गर्‍याे भन्ने मूल विषय उठान गरिएको छ । राणा शासनको मारमा आदिवासीहरु र उनीहरुको भाषाले गरेको सङ्घर्ष र पीडा नाटकमा देख्न सकिन्छ ।

मण्डला थिएटरको प्रस्तुति रहेको नाटकलाई रिजन केसीले निर्माण गरेका छन् । साउन २७ गतेसम्म हरेक दिन (सोमबार बाहेक) बेलुकी ५ः४५ बजे नाटक मञ्चन हुनेछ । शनिबार भने दिउँसो १ः३० बजे नाटक अतिरिक्त मञ्चन हुनेछ ।

नाटकमा रमिता राई, सौजन लिम्बू, प्रतिना राई, मणि के राई, अरुण पौडेल, पूर्ण बहादुर गन्दर्भ, जय ढकाल, प्रशंसा गुरुङ, सलिना भुजेल, शायोक मुकारुङ, संजिप योगी, अमर बुढाथोकी, रमिता राई, संजय विश्वकर्मा, लहना राई, जंजीत थुलुङ राई, अजय लामा, प्रविण मगर लगायतको अभिनय रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?