मनाङ केन्द्रविन्दु बनाएर ४.७ म्याग्नेच्युडको भूकम्प

काठमाडौँ– आज बिहान ७:३७ बजे मनाङको ङिस्याङ केन्द्रविन्दु बनाएर ४.७ म्याग्नेच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प गए पनि क्षतिको विवरण आइसकेको छैन ।

बुधबार मात्रै बझाङ केन्द्रविन्दु भएर ४.१ म्याग्नेच्युडको भूकम्प गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?