यू १९ विश्वकप क्रिकेट : अफगानिस्तानले गुमायो ९ विकेट

काठमाडौं- आईसीसी यू १९ विश्वकप क्रिकेटमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको अफगास्तिानले नवौँ विकेट गुमाएको छ ।

दक्षिण अफ्रिकाको इस्ट लण्डनमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरिरहेको अफगानिस्तानले १ सय ४३ रन जोड्दा ९ विकेट गुमाएको हो ।

खेलको ३७ ओभर ४ बलमा नेपालका स्पिनर दिपेश कँडेलले अफगानिस्तानका नसिर खान मरुफखिललाई आउट गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?