रातारात आफ्नो पेटको स्वास्थ्य सुधार गर्न चाहनुहुन्छ ?

काठमाडौं – के तपाईलाई थाहा छ हाम्रो पेटमा लाखौं सूक्ष्म जीवहरू अर्थात ब्याक्टेरिया हुन्छन् जसले हाम्रो समग्र स्वास्थ्यलाई सहयोग गर्छ। यसमा केहि राम्रो ब्याक्टेरिया र केहि खराब ब्याक्टेरिया हुन्छन्।

जब हाम्रो शरीरमा खराब अर्थात् हानिकारक ब्याक्टेरियाको स्तर बढ्न थाल्छ, यसले आन्द्राको स्वास्थ्यमा असर गर्छ। पेटको स्वास्थ्य कायम राख्न, खराब ब्याक्टेरिया घटाउन र राम्रो ब्याक्टेरिया बढाउन आवश्यक छ।

स्वस्थ पेट ब्याक्टेरियाले सूजन कम गर्दछ जसले धेरै रोगहरू निम्त्याउँछ। त्यसैले पेटको स्वास्थ्यको ख्याल राख्नु महत्वपूर्ण मानिन्छ । तपाईंको खाने बानीमा सानो परिवर्तन ग तपाईंले रातारात आफ्नो पेटको स्वास्थ्य सुधार गर्न सक्नुहुन्छ।

सलाद खानुहोस्

धेरैले फाइबरको मात्रा बढाउन सलादको सेवन गर्छन् । विज्ञहरूले पनि आहारमा सलाद समावेश गर्न सुझाव दिन्छन्। तर, डाक्टरले काँचो सलादको सट्टा पकाएर अर्थात् हल्का बफ गरेर खानुपर्ने बताएका छन् ।

खैरो चामल
चामलको सन्दर्भमा यो बहस स्वास्थ्य जगतमा वर्षौंदेखि चल्दै आएको छ । धेरै आहार विशेषज्ञहरूले सेतो चामलको सट्टा ब्राउन राइस उपभोग गर्न सल्लाह दिन्छन्। तर, धेरै स्वास्थ्य विज्ञहरू सेतो चामल मात्रै खानुपर्नेमा जोड दिन्छन्।

यस्तो अवस्थामा जनतामा यसबारे अन्योल हुनु स्वभाविक हो । आहारविदले सेतो चामललाई ब्राउन राइससँग बदल्नुपर्ने आवश्यकता नरहेको बताएका छन् । त्यस्तै हल्का र सजिलै पच्ने भएकाले ब्राउन राइसको सट्टा सेतो चामल खान जोड दिन्छन् ।

गाईको दूधको सट्टा बाख्राको दूध पिउनुहोस्
बाख्राको दूधको स्वाद गाईको दूधसँग धेरै मिल्दोजुल्दो छ। आयुर्वेदका अनुसार बाख्राको दूधले गाईको दुधको तुलनामा कम बलगम उत्पादन गर्छ र पचाउन सजिलो हुन्छ।

खाना पकाउन तेलको सट्टा घ्यू
खाना पकाउनको लागि बजारमा हजारौं तेल उपलब्ध छन्, तर ती सबै परिष्कृत रूपमा छन्। यसले लामो समयसम्म हाम्रो स्वास्थ्यमा नकारात्मक असर पार्छ। त्यस्तै आयुर्वेद चिकित्सकले खानामा वनस्पतिको तेलको सट्टा देसी घिउ प्रयोग गर्न सुझाव दिएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?