रामायणमा रामको भूमिका निभाएका अरुण गोविल चुनाव लड्दै 

काठमाडौँ– लोकप्रिय टेलिसिरियल रामायणमा रामको भूमिका निभाएका अरुण गोविल २०२४ को लोकसभामा चुनाव लड्ने भएका छन् । 

उनलाई भारतीय जनता पार्टी (भाजपा)ले मेरठबाट आफ्नो पाँचौँ सूचीमा उम्मेदवार बनाएको हो । 

मिडिया रिपोर्टका अनुसार पार्टीले राजेन्द्र अग्रवालको टिकट रद्द गरी गोभिललाई टिकट दिएको हो । \

भाजपाले चर्चित र  हिन्दुमत तान्न सक्ने व्यक्तिलाई टिकट  दिइरहेको छ ।

जसमा कलाकार र सार्वजनिक छवि बनाएका व्यक्ती उसको रोजाइमा पर्दा  कंगना रनौतलाई पनि टिकट दिएको बताइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?