राष्ट्रिय पौडी प्रतियोगिता आजबाट

काठमाडौँ – प्रथम नेपाल एक्वेटिक्स च्याम्पियनसिप आजबाट सुरु हुँदै छ । 

नेपाल पौडी संघको आयोजनामा शनिबार र आइतबाट सातदोबाटोमा पौडी प्रतियोगिता हुन लागेको हो । 

संघका सचिव गंगालाल गोलेका अनुसार ललितपुरको सातदोबाटोस्थित राष्ट्रिय खेलकुद परिषद् को हिटिङ पौडी पोखरीमा हुने प्रतियोगितामा ३५१ खेलाडीको सहभागिता रहने छ । 

८ वर्ष मुनिको उमेर समूहमा ६ वर्षका खेलाडी पनि सहभागी हुने सो प्रतियोगितामा विभिन्न उमेर समूह र खुल्ला गरी ६५ वटा विधाहरूमा पौडी खेलाइनेछ । 

राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीलाई नगदबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?