रुख कटहरका यति धेरै फाइदा

रुख कटहर तराईदेखि पहाडसम्म पाइने फल हो । गर्मीको समयमा पाइने फल रुख कटहर नपाक्दै तरकारी वा सुप बनाएर खाइन्छ भने पाकेपछि यसभित्र रहेको फल खाँदा मिठो हुन्छ ।

रुख कटहरको गुदी कोया सुगर र भिटामिनहरूको मुख्य श्रोत हो । रुखकटहरको बीउमा प्रोटिन, कार्बोहाइड्रेट र खनिज तत्त्वहरू र भिटामिन ए र सी पाइन्छ ।

रुख कटहरको फाइदा यस्तो छ

– हड्डी बलियो बनाउन मद्दत पुर्‍याउछ,

–मुटुका लागि फलदायी मानिन्छ,

–जोर्नीको दुखाई कम गर्न मद्दत गर्छ,

–रक्त अल्पताबाट बचाउँछ,

–आँखाको ज्योति बढाउँछ,

–दमका रोगीलाई फाइदा गर्छ,

– पाचन प्रक्रियामा सुधार ल्याउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?