‘रूकुम मैकोट’ पनि पर्‍यो युट्युबको ग्लोबल ट्रेन्डिङमा

काठमाडौँ – गीत ‘रूकुम मैकोट’ पनि युट्युबको ग्लोबल ट्रेन्डिङमा समावेश भएको छ।

प्रदर्शनरत फिल्म ‘खुस्मा’ को यो गीत युट्युबको विश्वव्यापी हेरिएका शीर्ष १०० म्युजिक भिडिओमा यो गीत पर्न सफल भएको हो।

यो गीत युट्युबको नेपाल ट्रेन्डिङमा सङ्गीततर्फ केही दिनदेखि लगातार पहिलो नम्बरमा छ भने ग्लोबल ट्रेन्डिङमा सोमबार बिहान यो गीत ७३ औँ स्थानमा छ।

यसअघि युट्युबको ग्लोबल ट्रेन्डिङमा ‘कश्मिरे पछ्यौरी’ परेको थियो । जुन अझै अहिले ८२ औँ स्थानमा छ । यसको भिडिओलाई युट्युबमा अहिलेसम्म २ करोड ६१ लाखभन्दा बढी पटक हेरिएको छ।

यता ‘रूकुम मैकोट’ अहिलेसम्म १ करोड ४२ लाखभन्दा बढी पटक हेरिएको छ। एसडी योगी र शान्तिश्री परियारको स्वर रहेको लोकलयको यो गीतको भिडिओमा फिल्मका शीर्ष कलाकार धिरज मगर र उपासना सिंह ठकुरी फिचर्ड छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?