रोनाल्डोको अल नासरसँग मियामी ६-० ले पराजित

काठमाडौँ – लियोनल मेस्सी कप्तान रहेको इन्टर मियामीले अल नासरसँग लज्जास्पद हार व्यहोरेको छ । 

साउदी अरेबियामा गएराति भएको खेलमा मैत्रिपूर्ण खेलमा मियामी ६–० गोलको फराकिलो अन्तरले पराजित भएको हो। चोटका कारण अल नासरका क्रिस्टियानो रोनाल्डोले खेलेनन्।

नासरले सुरुवाती १२ मिनेटमा नै ३–० को अग्रता लिएको थियो भने म्यानचेस्टर सिटीका पूर्व डिफेन्डर एमिरिक लापोर्टेले आफ्नो हाफबाट फ्रिकिकमा सनसनीपूर्ण गोल गरेका थिए।

त्यस्तै टालिस्काले‌ ह्याट्रिक पूरा गरे ।  टालिस्काले व्यक्तिगत पहिलो गोल गर्नुअघि ओटाभियोले टोलीको लागि गोलको खाता खोलेका थिए । ​

टालिस्काले पेनाल्टीमा दोस्रो गोल गरेपछि ५१ औं मिनेट अल नासर ४–० ले अगाडि रह्यो। टालिस्काले हेडर गोल गरेर ह्याट्रिक पूरा गर्नुअघि टोलीका लागि मोहम्मद मारनले पाँचौं गोल गरेका थिए।

मेसी र रोनाल्डोबीचको‌ रोमाञ्चक भिडन्त हेर्ने दर्शकहरूको चाहाना भने पूरा भएन ।  मेस्सी पनि अन्तिम सात मिनेट मात्र खेलेका थिए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?